२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

क्वारेन्टिन कार्यालय काँकरभिट्टा : तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात 

Nada
२०८२ कार्तिक १८ गते ०९:३५
Shares
क्वारेन्टिन कार्यालय काँकरभिट्टा : तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात 

झापा : प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

ncell

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु. एक अर्ब ५१ करोड ८१ लाख, चिया रु. ७५ करोड ६६ लाख, प्लाइउड रु. २७ करोड ७४ लाख, भेनियर रु. २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्य बराबरको निर्यात भएको छ ।

त्यसैगरी, कार्यालयको तथ्यांकअनुसार अदुवा रु. ११ करोड ९० लाख, ताजा तरकारी रु. नौ करोड ४७ लाख, जडीबुटी रु. एक करोड २४ लाख, मसुरो दाल रु. सात करोड ४१ लाख मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु. एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । 

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो रु. छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु. तीन करोड छ लाख मूल्य बराबरको आयात भएको छ ।

त्यसैगरी, ताजा फलफूल रु. २३ करोड ६७ लाख, लसुन रु. १७ करोड ९९ लाख, आलु रु. ३० करोड ७७ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर