२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

Nada
२०८२ कार्तिक १७ गते १८:३४
Shares
मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

काठमाडौंः गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन् । 

ncell

गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्‍याउँदा बाढीको रूप लिएको बताएको छ । 

उक्त बाढीका कारण कयौं सरकार कार्यालय एवं स्थानीयका व्यवसायिक भवन एवं निवासमा क्षति पुर्‍याएको थियो । उक्त बाढीबाट क्षति खेपेका २१ परिवारलाई विभिन्न संघसंस्थामार्फत क्षतिपूर्ति दिलाएको काठमाडौं उपत्यका संघर्ष समितिका अध्यक्ष गोविन्दराज पन्तले बताए । उनले अगामी दिनमा कुनैपनि विकास निर्माणका कामहरु गर्दा स्थानीयको भौतिक सम्पतीको सुरक्षाको ख्याल गर्न समेत सरोकारवाला सबैसँग आग्रह गरे । 

उनले भने, ‘गत वर्षको माघमा मेलम्चीको पाइप फुटेर ठुलो क्षति भएको थियो । त्यसबाट क्षति पुगेका यहाँका स्थानीयलाई क्षतिपूर्ति दिलाउन हामी सफल भएका छौं । अगामी दिनमा कुनैपनि विकास निर्माणको काम गर्दा स्थानीयको भौतिक संरचनामा क्षति नहुनेगरी काम गर्न सबैमा आग्रह गर्न चाहन्छौं ।’

समय समयमा पाइप फट्ने गरेको कारण मेलम्ची खानेपानी आयोजनामा प्रयोग गरिएको पाइपको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर