२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु

Nada
२०८२ कार्तिक १५ गते १५:०३
Shares
आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौडमा नौ जनाको मृत्यु

काठमाडौंः दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताएका छन्। उनले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुदाँ नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

ncell

प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताए । यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुदाँ कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भला भएका  हजारौ भत्तहरुको बीचमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । 
 

ताजा खबर

सम्बन्धित खबर