२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कार्यालय बन्द गरी चाबी गाउँपालिकालाई बुझाउँदै वडाअध्यक्ष मगर

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ कार्तिक १२ गते २२:११
Shares
कार्यालय बन्द गरी चाबी गाउँपालिकालाई बुझाउँदै वडाअध्यक्ष मगर

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका–२ का वडाध्यक्ष अभिलाषा रोका मगरले बिहीबार वडा कार्यालय बन्द गरी कार्यालयको साँचो गाउँपालिकालाई बुझाउने घोषणा गरेका छन् ।

ncell

गाउँपालिकाले आम नागरिकका माग र विकास कार्यमा ध्यान नदिएको भन्दै वडाअध्यक्ष मगरले यस्तो घोषणा गरेका हुन् । मगरले जनताको माग पुरा नभएमा पदबाट राजीनामा दिने चेतावनी पनि दिएका छन् । उनका अनुसार, बर्खा सकिए पनि ग्रामीण सडकहरू खोल्न ढिलाइ, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती, गाउँपालिकाको उदासीनता जस्ता कारणले काम अघि बढाउन कठिन भएको छ ।

उनले भने, ‘जनताले सरसफाइ कहिले हुन्छ भनेर सोध्ने गर्छन् । ठेकेदार भोलि गर्छौं भन्छ, अर्को दिन फोन गर्दा फेरि भोलि भन्छ । यसरी एक महिना बित्यो र सरसफाइसमेत भएको छैन । मैले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि अनुरोध गरेँ तर ध्यान दिइएन ।’

वडाअध्यक्ष मगरले कात्तिक १३ गतेबाट वडा कार्यालय बन्द गरी साँचो गाउँपालिकालाई बुझाउने, आवश्यकता अनुसार घर वा बाहिरबाट सेवा दिने योजना बनाएको जानकारी दिए । 

उनले भने, ‘माग सम्बोधन नभएमा जनताको बीचबाटै राजीनामा दिने सोच राखेको छु । काम भएमा कार्यालय फर्केर सेवा दिनेछु । हामी जनप्रतिनिधि भत्ता खान मात्र आएका होइनौं, जनताको माग पूरा गर्नु हाम्रो जिम्मेवारी हो ।’

थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले आफू हाल विशेष कामका लागि चितवनमा रहेकोले गाउँपालिका पुगेर सत्यतथ्य बुझ्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर