२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

डोल्पामा अनुमति बिना ड्रोन उडाए कारबाही

Nada
पूर्ण सार्की
२०८२ कार्तिक १२ गते २०:०६
Shares
डोल्पामा अनुमति बिना ड्रोन उडाए कारबाही

डोल्पा : हिमाली जिल्ला डोल्पामा अनुमति बिना ड्रोन उडाए कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना निकाल्दै अनुमति बिना ड्रोन (मानवरहित हवाई उपकरण) उडाउने कार्य नगर्न सबैलाई आग्रह गरेको छ । 

ncell

प्रशासनले सूचना जारी गर्दै ‘मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरीत निषेधित वा नियन्त्रित क्षेत्रमा ड्रोन उडान गर्न नपाइने स्पष्ट गरेको छ ।

सूचनामा भनिएको छ,‘उडान अनुमति लिनु नपर्ने क्षेत्रमा समेत कार्यविधि, २०७५ को दफा १४(क), (ख) र (ग) बमोजिम नजिकैको प्रहरी वा सुरक्षा निकायलाई अनिवार्य रूपमा जानकारी गराई मात्र ड्रोन उडान गर्नुपर्नेछ ।’

कार्यालयले जिल्लाभित्र बिना अनुमति वा पूर्वसूचना ड्रोन उडान गर्ने जो कोहीलाई प्रचलित कानूनअनुसार कारबाही गरिने समेत जानकारी दिएको छ ।  

पछिल्लो समय डोल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरुको विभिन्न स्थानहरूमा मनपरी रूपमा ड्रोन उडाउने कार्य बढ्न थालेपछि प्रशासनले यस्तो सूचना सार्वजनिक गरेको हो । प्रशासनले सबै नागरिक, निकाय तथा सरोकारवालालाई कानूनी प्रक्रिया पालना गर्न आग्रह गर्दै ड्रोन प्रयोग गर्दा सुरक्षासम्बन्धी मापदण्ड र अनुमति प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न अपिल समेत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर