२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

Nada
२०८२ कार्तिक १२ गते १४:२१
Shares
राहदानी सेवा ५१ दिनपछि सञ्चालन

तनहुँः गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो ।

ncell

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिए । दसैँ अगाडि छापिएर आएका राहदानी वितरण गरिएपनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए । 

सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ । उनले भने, ‘दुई वटा स्टेसन हुँदा दैनिक ८० जनालाई सेवा दिन सक्थ्यौँ, अहिले एउटा मात्र सञ्चालनमा आएकाले सेवाग्राहीको सङ्ख्या कम थरि।एको हो ।’ 

यससँगै कार्यालयबाट साविकका सबै काम सुरु भएका सहायक प्रजिअ रेग्मीले जानकारी दिए । कार्यालयमा गत असोज २६ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम पनि पुनःसञ्चालन गरिएको थियो ।  

ताजा खबर

सम्बन्धित खबर