२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

Nada
२०८२ कार्तिक १२ गते ०९:५६
Shares
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ : सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

ncell

लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । 

थापाका अनुसार बिहान ८: १५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको र दुर्घटना हुँदा मानवीय क्षति केही नभएको उनले बताए । हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् । 

ताजा खबर

सम्बन्धित खबर