२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

Nada
२०८२ कार्तिक ११ गते ०८:४६
Shares
गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौँ : राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।

ncell

ओमकार योग आयुर्वेद गुरुकुल, गोरखाले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेको हो । स्थानीय जातका गाईको संरक्षणका लागि कार्तिक शुक्ल अष्टमी अर्थात् गोपाष्टमी पर्वका दिन गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले बताए ।

कार्यक्रममा यस वर्षको गोपाष्टमी पर्वमा गोरखाबाट काठमाडौँसम्म गौ संवर्द्धन पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो । गुरुकुलका प्राचार्य रेग्मीका अनुसार पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौँ आइपुग्ने छ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने उनले जानकारी दिए । 

कार्यक्रममा संस्कृतिविद् डा जगमान गुरुङले स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षणका लागि पदयात्रा गरिएको जनाउँदै पदयात्रा काठमाडौँमा आइपुगेपछि प्रवचन कार्यक्रमसमेत गर्न लागिएको उल्लेख गरे ।
 

ताजा खबर

सम्बन्धित खबर