२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः संयोजक तिमिल्सिना

Nada
२०८२ कार्तिक ९ गते १४:१२
Shares
दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः संयोजक तिमिल्सिना

काठमाडौंः नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छन् ।

ncell

जेनजी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै सरकारले छानविन गर्नुपर्ने बताइन् । छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाइ छ । 

उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार नसहने उनको भनाइ छ । उनले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गरिन् । उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँदै नेपालभरीका वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् । 

जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानविन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानविन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ ।  
 

ताजा खबर

सम्बन्धित खबर