२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

स्यालाखदी गाउँ शोकमय, ठूलो धनजनको क्षति

Nada
प्रचण्ड खत्री
२०८२ कार्तिक ८ गते १६:२४
Shares
स्यालाखदी गाउँ शोकमय, ठूलो धनजनको क्षति

रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १,२ र ३ अहिले शोकमय बनेको छ । दुर्घटनामा ३ वटा वडाका आठ जनाले ज्यान गुमाएपछी गाउँ नै शोकमय बनेको हो ।

ncell

आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले प्रहरी, यातायात व्यवसायीसँग छलफल गरेर छानबिन समिति बनाउने बताएका छन् । उनले  स्यालाखदी गाउँ शोकमा परेको बेला नगरपालिकाको तर्फबाट विशेष सहयोग गर्ने पनि बताए । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा जिप दुर्घटना भएको थियो । मुसिकोट खलङ्गाबाट आठबिसकोटको स्यालाखदी तर्फ जाँदै गरेको बोलेरो जिप झारेमारेमा दुर्घटना भएको हो ।

दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जिप नम्बर रा१ज ४२२ रहेको र चालक टोपजंग बुढा रहेका छन् । जिपमा १९ जना यात्रुहरू सवार रहेका थिए  । उद्धारका लागि प्रहरी चौकी नदुवा, ईलाका प्रहरी कार्यलय बाफिकोट, ईलाका प्रहरी कार्यालय आठबिसकोट र जिल्ला प्रहरी कार्यलयबाट प्रहरीको टोली खटिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी थिए ।

मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका  ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय  टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि  १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया  सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन्  ।

घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन् । त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए । नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।  


 

ताजा खबर

सम्बन्धित खबर