२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

ह्यात होटल बन्दप्रति प्रधानमन्त्रीको चासो, सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता

Nada
२०८२ कार्तिक ८ गते १०:१०
Shares
ह्यात होटल बन्दप्रति प्रधानमन्त्रीको चासो, सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता

काठमाडौंः ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेधप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।

ncell

प्रधानमन्त्री कार्कीको चासोपछि ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गर्दै अर्थमन्त्री रामेश्वर खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको प्रतिबद्धता जनाए । उनले कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न होटेल व्यवस्थापन पक्षसँग आग्रह गरे ।

खनालले भने, ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ।

ताजा खबर

सम्बन्धित खबर