२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्रीको नाममा चन्दा संकलन गर्नेलाई कारबाही गर्ने चेतावनी

Nada
२०८२ असोज २७ गते २०:१५
Shares
प्रधानमन्त्रीको नाममा चन्दा संकलन गर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा संकलन नगर्न सचेत गराएको छ ।

ncell

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यालयले कुनै व्यक्ति वा समूहलाई प्रधानमन्त्री कार्कीको नाममा आर्थिक संकलन गर्ने अधिकार नदिइएको उल्लेख गरेको छ । विभिन्न जिल्लामा केही समूहले प्रधानमन्त्री तथा कार्यालयको हवाला दिँदै परियोजना, कोष वा सामाजिक कामका लागि चन्दा, सहयोग रकम वा दान माग गर्दै आएको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि किसिमको चन्दा वा सहयोग संकलनका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति दिइएको छैन । यस्ता भ्रामक कार्यमा विश्वास नगर्नुहोस् र यदि कसैले आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्नुहोस् ।”

प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको छ ।

सम्बन्धित खबर