२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

बालगृहलाई स्याङ्जा सहयोग समाज कतारको आर्थिक सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८२ असोज २६ गते १७:३९
Shares
बालगृहलाई स्याङ्जा सहयोग समाज कतारको आर्थिक सहयोग

स्याङ्जा : स्याङ्जा सहयोग समाज कतारले गृह जिल्लाको एक बालगृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अमोर सेवा नेपालद्वारा जिल्लाको फेदी खोला-१ स्याङ्जामा सञ्चालित बालगृहलाई बालगृहकै प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच बालगृहकी सञ्चालिका कमला पराजुलीलाइ एक लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो ।

ncell

गत मे १६ मा कतारमा समाजको २०औं वार्षिकोत्सव तथा २१औं स्थापना दिवसको अवसरमा आयोजित "अनाथ तथा असहाय बालबालिकाहरूको सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रम" मार्फत संकलन भएको रकम मध्यबाट उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष घनश्याम अर्यालले जानकारी दिए । जिल्लाभित्रको एक मात्र बालगृहमा हाल ४० जना अनाथ तथा असहाय बालबालिकाहरू रहेको अर्यालले बताए । समाजले केही समय पहिले राम्दीघाट वृद्धाश्रममा समेत आर्थिक सहयोग गरेको थियो । 

समाजका वरिष्ठ उपाध्यक्ष शिवराम ढकालको अध्यक्षतामा तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बिरेन्द्रजंग केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मार्फत समाजका संरक्षक कमल न्यौपानेले बालगृहमा रहेका मध्ये एक जनालाई निःशुल्क वैदेशिक रोजगार दिने घोषणा गरेका छन् ।

सोही कार्यक्रममार्फत स्याङ्जा आइसिसीका उपाध्यक्ष मीन क्षेत्रीले २० हजार ५ सय नगद सहयोग गरेका छन् । समाजका संरक्षक भेषराज पराजुलीले सहजीकरण गरेको कार्यक्रममा संस्थापक अध्यक्ष राजेश दर्शन अर्याललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर