२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कृष्णनगरको दशगजामा बृहत सरसफाई अभियान सम्पन्न

Nada
धर्मेन्द्रकुमार कुर्मी
२०८२ असोज २५ गते १५:५०
Shares
कृष्णनगरको दशगजामा बृहत सरसफाई अभियान सम्पन्न

काठमाडौं: कृष्णनगरको दशगजा क्षेत्रमा शनिवार वृहत सरसफाई अभियान सम्पन्न गरिएको छ । लामो समयदेखि दुर्गन्धित बनेको दशगजा क्षेत्रमा आज सरसफाई गरिएको हो ।

ncell

कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा सरसफाई गरिएको हो ।

सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

सामाजिक काममा आफ्नो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए ।

सरसफाई मात्र नभइ अन्य सामाजिक र सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बल सधैँ अगाडि रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले बताए ।

सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहोरलाई जम्मा गरी नष्ट गरेका थिए ।

 

सम्बन्धित खबर