२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

युवामैत्री पार्टी निर्माण गर्न माग गर्दै कांग्रेस मुख्यालयमा युवाहरुको धर्ना

Nada
२०८२ असोज २५ गते १२:४७
Shares
युवामैत्री पार्टी निर्माण गर्न माग गर्दै कांग्रेस मुख्यालयमा युवाहरुको धर्ना

काठमाडौंः नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

ncell

शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली कांग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशिल विधान संशोधन अनि मात्र अधिवेशन, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भुमिकाबाट पार्टीसम्म आफूहरुको धारणा पुगोस् भनेर धर्ना दिएको बताए । पार्टीमा युवाहरुको क्रियाशिल सदस्यहरुको संख्या ३० प्रतिशतसम्म पुर्‍याउनुपर्ने माग गरे ।

पार्टीमा युवाहरुको प्रवेश सहज नबनाइ युवा शब्दको सार्थकता दिन नसक्ने बताउनु भयो । युवामैत्री, चलायमा युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको बताए । सबै तहका निर्वाचनहरुमा कम्तिमा ४० प्रतिशत युवाहरुलाई पार्टीको आधिकारिक रुपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग राखेका छन् ।

उनले जेनजी आन्दोलनपश्चात नेपाली कांग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाको लागि कांग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । उनले युवामैत्री कांग्रेस निर्माण गर्न आगामी केन्द्रीय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिए । विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमुलक पदहरु, सबै तहका समिति, संसदीय समिति, पार्टीकोविभागमा अनिवार्य रुपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । 
 

सम्बन्धित खबर