२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

Nada
२०८२ असोज २४ गते ११:३२
Shares
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

सिरहा : सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

ncell

सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।  

सम्बन्धित खबर