२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दलहरूलाई समयमै सच्चिन कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आग्रह

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ असोज २४ गते ०८:५७
Shares
दलहरूलाई समयमै सच्चिन कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आग्रह

रोल्पा : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले दलहरूलाई समयमै सच्चिन आग्रह गरेका छन् । नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-१ कुरेलीले आयोजना गरेको जय नेपाल खडक स्मृति प्रथम कपको बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् । 

ncell

जब-जब देशमा समस्या आएको छ नेपाली कांग्रेसले नेतृत्व लिएको उनले बताए । चाहे हिजोको राणाशासनविरुद्ध होस्, पञ्चायतको विरुद्ध होस्, दश वर्ष बन्दुकको शासनबाट शत्ता हातमा लिन्छौं भन्ने शक्तिलाई शान्ति प्रक्रियामा लिन होस्,चाहे संविधान जारी गर्ने होस्, संविधान कार्यान्वयन गर्नेसम्म विपि कोइरालादेखि सुशील कोइरालासम्म र अहिलेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको कहिँ न कहिँ भूमिका रहेको र नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । 

उनले अहिलेको विषम परिस्थितिमा पनि नेपाली कांग्रेसले भुमिका खेल्नुपर्ने बताए । नेपालका कम्युनिस्ट पार्टीहरूले मार्क्सबादको कुरा गर्ने र नेपाली कांग्रेसले विपिको समाजवादको कुरा गर्ने भएकोले नेपाली कांग्रेसको विपिको सिद्धान्त, एजेन्डा कांग्रेसकै भरमा संसदीय व्यवस्था उभिएको जिकिर गरे । 

अहिले विषम परिस्थिति भएको जिकिर गर्दै उनले जुन शासनमा छौँ, जुन पद्धतिमा छौँ जहाँ छौँ त्यहीँ सच्चिन आग्रह गरे । संविधान लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र संविधान जारी गर्नसम्म सबै दलको साझा भूमिका भएको भन्दै उनले संविधानको संरक्षण गर्न पनि सबै दलको साझा भूमिका हुने भएकोले सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताए । 

आफू सत्तामा हुँदा सबै ठिक र आफू सत्ता बाहिर हुँदा सबै बेठिक भन्ने जुन प्रवृत्ति छ, यसमा सबै दल सच्चिन आवश्यक रहेको उनको भनाइ छ । संविधान संरक्षण,व्यवस्थाको रक्षा र देशको रक्षा गर्न सबै दलको एक जुट हुन आवश्यक रहेको र हिजोदेखि संघर्ष गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत अन्य दलहरू अहिलेको विषम परिस्थितिलाई समाधान गर्न एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

सम्बन्धित खबर