२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पर्सामा ९ सय ६३ उद्योग दर्ता

Nada
२०८२ असोज २३ गते १०:३६
Shares
पर्सामा ९ सय ६३ उद्योग दर्ता

पर्सा : पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०/८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । 

ncell

आव २०८०/८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए।

“यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहनुभएको छ”, उनले भने, “आर्थिक नगरी भएकाले पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।” 

कार्यालयका अनुसार गत आवमा पर्सामा वाणिज्यतर्फ ७५८ जना उद्योग दर्ता भएका छन् । गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६०  नयाँ उद्योग दर्ता भएका हुन् ।

गत आवमा प्राइभेट फर्म दर्तातर्फ वाणिज्यमा सात सय ५३, साझेदारी फर्म दर्तातर्फ पाँच रहेका छन् । प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा उद्योगतर्फ एक हजार ५९८ वटा फर्मले नवीकरण गरेका छन् । वाणिज्यतर्फ एक हजार ३९२ वटा फर्मले नवीकरण गरेका छन् । गत आवमा २१० उद्योगको दर्ता खारेजी भएको छ । 

सम्बन्धित खबर