२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

पर्यटक आगमन वृद्धिले पर्यटन क्षेत्र आशावादी

shivam cement
छबि सापकोटा
२०८२ भदौ १७ गते ०८:१०
पर्यटक आगमन वृद्धिले पर्यटन क्षेत्र आशावादी

काठमाडौं : पर्यटनको मुख्य सिजन आउँदै गर्दा पर्यटक आगमन बढ्दो छ । आगामी चार महिना पर्यटन व्यवसायका लागि मुख्य सिजन भएकाले अगस्तमा पर्यटक आगमन बढ्दा पर्यटन क्षेत्र चलायनमान बन्दै गएको छ । कोरोना महामारीपछि संकटमा परेको पर्यटन क्षेत्र पुरानौं लयमा फर्किएको देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुुसार सन् २०२५ को अगस्तमा ८८ हजार ६ सय ८० पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । जुन गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक आगमन बढेको बोर्डले जनाएको छ । 

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुर्नउत्थान क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताएका छन् । उनले भने, ‘भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’

यस्तै, होटल संघ नेपालका अध्यक्ष विनायक शाह पर्यटकको मुख्य सिजन सुरु हुँदै गर्दा पर्यटक आगमनको गति लिँदा पर्यटन व्यवसायमा आशावादी बनाएको बताए । यो वर्ष सुरु भएदेखि पर्यटनको आगमन बढ्दो छ र भौतिक पुर्वाधार निमार्णमा देखिएको सुस्तताले पर्यटन क्षेत्रलाई नै असर परिरहेको छ । 

नेपालमा सबैभन्दा धेरै पर्यटक सार्क मुलुकबाट नै आएका छन् । अगस्तमा सार्क मुलुकबाट ५३ प्रतिशत अर्थात ४७ हजार १ सय ३७ जना पर्यटक  नेपाल आएका छन् । जसमा छिमेकी मुलुक भारतबाट भारतबाट ३५ हजार ५ सय ५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् । यस्तै, बंगलादेशबाट ४ हजार २ सय ४२  अर्थात् ४ दशमलव ८ प्रतिशत, भुटानबाट ८ सय ६३ अर्थात १ प्रतिशत, पाकिस्तानबाट ५ सय ५१  अर्थात् शून्य दशमलव ६ प्रतिशत र श्रीलंकाबाट  ५ हजार ९ सय ५६ अर्थात ६ दशमलव ७ प्रतिशत पर्यटक नेपाल आएको बोर्डको तथ्यांकले जनाएको छ ।  यस्तै, उत्तरतर्फको छिमेकी चीनबाट ७ हजार ५ सय ३३ अर्थात् ८ सय ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६ दशमलव ८ प्रतिशत, पर्यटक आएका छन् । एसियाका अन्य मुलुकमा १५ हजार ७ सय ७७ अर्थात् १७ दशमलव ८ प्रतिशत, युरोपबाट ११ हजार १ सय ३२ अर्थात् १२ दशमलव ६ प्रतिशत र आसियानबाट २ हजार ४ सय ३५ अर्थात २ दशमलव ७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यसैगरी अमेरिकाबाट ७ हजार २ सय ९३ अर्थात ८ दशमलव २ प्रतिशत, मध्यपूर्वबाट ९ सय ४४ अर्थात् १ दशमलव १ प्रतिशत, अफ्रिकाबाट ३ सय २२ अर्थात् शून्य दशमलव ४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६ सय ४० अर्थात् ४ दशमलव १ प्रतिशत पर्यटक आगमन भएको छ । 

यस वर्ष जनवरीदेखि अगस्टसम्म ८ महिनामा नेपालमा ७ लाख ३६ हजार ५ सय ६२ पर्यटक आएका छन् । सन् २०२५ को पहिलो महिना जनवरीमा ७९ हजार ९ सय ९१ जना, फेब्रुअरीमा ९६ हजार ८ सय ८० जना, मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना पर्यटक नेपाल आएका थिए । यस्तै, अप्रिलमा १ लाख १६ हजार ४ सय ९० जना, मेमा ८६ हजार २ सय १६ जना र जुनमा ७६ हजार ४ सय २५ जना र जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए । 
 

ADV

सम्बन्धित खबर

Advertise