२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैनः उपप्रमुख डंगोल

Nada
२०८२ भदौ १४ गते १३:२६
Shares
महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैनः उपप्रमुख डंगोल

काठमाडौंः काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् ।

ncell

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर ढंगोलले यस्तो सुझाव दिएकी हुन्। 

महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरिन् । उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गरिन् । 

उनले भनिन्, ‘सदैव यहाँहरुले बर्दी लगाएर फिल्डमा गईरहनु हुँदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन । म संस्थाको प्रतिनिधित्व गर्छु । म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस् । यो शुभकामना छ, यहाँहरु सबै जनालाई ।’

उनले काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्नको लागी उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गरिन्। 

ताजा खबर

सम्बन्धित खबर