२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन्द्र साह

Nada
२०८२ भदौ १४ गते १३:००
Shares
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन्द्र साह

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् ।

ncell

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाईएको काम रियलमा हुनु खुशीको कुरा भएको उनले बताए ।

उनले काठमाडौं महानगरबाट धेरै पालिकाहरुले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ । काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पतीको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा नगरप्रहरीको महत्वपूर्ण भुमिका रहेको उनले बताए ।

उनले भने, ‘धेरै पालिकाहरु छन्, धेरै ठाउँहरु छन् । काठमाडौ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरुले काठमाडौ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाईमा तपाईहरुको ठूलो योगदान छ । सार्वजानिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडांै महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा तपाईहरुको उल्लेखनिय योगदान रहेको छ । सानोमा हुँदा रमाईलो याद आउँछ, हामी हलिउड फिल्महरु हेथ्र्यौँ, पुराना पुराना फिल्महरु हेर्दाखेरी त्यसमा न्युवर्क सिटि पुलिकको काम कारबाही हेर्दाखेरी लाग्थ्यो काठमाडौं लगायत देशका विभिन्न पालिकाहरुमा सिटि पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरु सिनेमामा मात्रै हेर्न पाईन्थ्यो पहिला । र अचेल चाहीँ तपाईहरुको काम हेर्दाखेरी कहिलेकाही सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहीँ खुशीको कुरा हो । काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौको एउटा पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ । तपाईहरुले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरु अहिलेको वितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरुमा पनि विभिन्न सिटि पुलिस तथा स्थानिय सरकारहरुलाई एउटा सिकाईको रुपमा रहनेछ ।’

उनले महानगर प्रहरी आगामी दिनमा पनि अन्य नगर प्रहरी र स्थानीय तहका सरकारहरुको लागि सिकाईको रुपमा रहने विश्वास व्यक्त गरे ।  

ताजा खबर

सम्बन्धित खबर