२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

विद्यालयलाई डेढ लाख सहयोग गर्दै समाजसेवी पाण्डेले मनाए जन्मदिन

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ १३ गते २०:४७
Shares
विद्यालयलाई डेढ लाख सहयोग गर्दै समाजसेवी पाण्डेले मनाए जन्मदिन

अर्घाखाँची : सन्धिखर्कका युवा समाजसेवी प्रकाश पाण्डेले जन्मदिनको अवसर पारेर आफूले अध्ययन गरेको भगवती माध्यमिक विद्यालय कुर, शंखेटारीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन् । हाल संयुक्त राज्य अमेरिकामा अध्ययनरत इन्जिनियर पाण्डेले कक्षा ६ देखि १० सम्म यही विद्यालयबाट अध्ययन गरेका थिए । उनी २०४३ सालमा गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं. ५ बस्तुमा जन्मिएका हुन् भने २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । 

ncell

उनका बुबा डिलाराम पाण्डे र आमा गंगादेवी पाण्डे सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन् । गंगादेवी पाण्डे शहीद शोभाखर धनन्जयकी बहिनी तथा स्व. यमुना भुसालकी दिदी हुन् । 

विद्यालयका प्रधानाध्यापक ध्रुवबहादुर खत्रीका अनुसार प्रकाश पाण्डेद्वारा प्रदान गरिएको रकम गंगादेवी नवप्रवर्तन कोषमा राखिनेछ र कोषबाट आउने व्याज शोध तथा अनुसन्धान कार्यमा खर्च गरिनेछ । उनले भने, ‘पठनपाठनका साथै विद्यालयमा अनुकरणीय काम गर्ने व्यक्तिहरू पुरस्कारका लागि योग्य हुन सक्छन् ।’

बुबा डिलाराम पाण्डेले भने, ‘नयाँ काम गरेर समाजको अगुवाइ गर्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिनेछ । मेरा छोरामा सेवा भाव र राष्ट्रप्रेमको भावना छ, र विद्यालयले रकमको सदुपयोग गर्नेमा म आशावादी छु । आगामी दिनमा कोषमा रकम थप्दै लैजाने प्रतिबद्धता छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल, सन्धिखर्क नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष मोतिजंग रायमाझी, शिक्षक शोभाखर पन्थी र अन्य सदस्यहरूले पाण्डे परिवारको योगदानको खुलेर प्रशंसा गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर