२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

Nada
२०८२ भदौ १३ गते १७:०४
Shares
सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताएका छन्।

ncell

उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उनले सरकारसँग स्वदेशी उद्योग र कृषकहरुलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाएका हुन् । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरुलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिए । उनले सरकारसँग उखु किसानको वक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको जिकिर समेत गरे ।

उपमहासचिव पुनले भने, ‘अर्थ मन्त्रालयमा पैसा छ । किसानहरुलाई विगतमा दिइएको कम्तिमा पनि प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हो, त्यो दिइनु पर्छ । अर्थ मन्त्रालयमा पैसा भएर त बजेटका कुरा आएका छन । झन्डै १९ खर्व, २० खर्व जतिको बजेट छ । त्यसो गर्दा प्राथमिकता नभएको हो । अर्थ मन्त्रालय र सरकारसँग के लाई प्राथमिकता दिने ? भन्ने छैन । किसानलाई सरकारले प्राथमिकता दिएन । हाम्रो आफ्नै उत्पादनलाई प्राथमिकता दिएन । र हामीले भन्दै आएको कुरा के हो भने हाम्रो कृषि उपजलाई संरक्षण गर्नु पर्छ । हाम्रो देशको उद्योग, व्यवसायलाई संरक्षण गर्नु पर्छ भन्ने हो । सरकारको त्यो दृष्टिकोण छैन । किनभने विदेशबाट चिनी आए भइहाल्यो । विदेशबाट सामान ल्याय भईहाल्यो । यहाँ कुनै किसान र उद्योगीलाई संरक्षण गर्नु पर्दैन । यो सरकारको दृष्टिकोण हो सरकारको । त्यसैले यो सरकारको ध्यान यहाँको किसानको संरक्षण गर्नेमा हाम्रो कृषि उपजको संरक्षण गर्नेमा छैन । मूल कुरो त्यो हो । सरकारको ध्यान जाओस कि यो किसानहरुको माग पूरा होस । उखु किसानहरुले राहत पाउनु पर्छ । अनुदान पाउनुपर्छ । यस संरक्षण गर्नुपर्छ ।’ 
 

ताजा खबर

सम्बन्धित खबर