२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

Nada
२०८२ भदौ १२ गते ११:०४
Shares
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ : डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना भने घाइते भएका छन् ।

ncell

बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो । दुर्घटनामा चालकसमेत घाइते भएकाले अहिले दुर्घटनाको कारण खुलेको छैन ।

ताजा खबर

सम्बन्धित खबर