मलेसिया : गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकालका लागी नवौं अधिवेशन गर्ने भएको छ । यतिबेला उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराउन थालेका छन् ।
गैर आवासीय नेपाली संघ मलेसियाको २००३ बाटै साधारण सदस्य हुँदै प्रायजसो सबै विगतका कार्यसमितिहरूमा रहेर काम गर्दै लामो अनुभवले खारिएका रेस्टुरेन्ट व्यवसायी दिल केरुङ लिम्बूले २०२५ - २०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराका छन् ।
दुई दशक लामो समय मलेसियामा बिताइसकेका वरिष्ठ उपाध्यक्ष प्रत्यासी दिल केरुङ लिम्बू विभिन्न संघ सस्थामा आवद्ध भएर काम गरिसकेका छन् ।
उनी संस्थालाई नेतृत्व दिन सक्ने गतिलो सम्भावना बोकेका उम्मेदवार हुन् । मलेसियामा नेपाली श्रमिकहरूका समस्या बुझेका र विभिन्न समय काल खण्डमा समस्याहरू समाधान गर्दै समाजसेवा गर्दै आएका समाजसेवीको रुपमा समेत लिम्बू परिचित छन् ।
अहिले लिम्बू आदिवासी जनजाति महासंघ मलेसियाको सल्लाहकार को रुपमा काम गरिरहेका छन् ।