पर्सा : नारायणी अस्पतालमा हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनीहरूको अवस्था सामान्य छन् ।
उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्य लाभ गरेर घर फर्किएका उनले जानकारी दिए । छ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
बुधवार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।