२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

‘सरकारले आईटी जनशक्तिलाई दुई लाखसम्म तलब दिने व्यवस्था गरेको छ’

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते ०९:५५
‘सरकारले आईटी जनशक्तिलाई दुई लाखसम्म तलब दिने व्यवस्था गरेको छ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् ।

ओलीले बिहिवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दक्ष आईटी जनशक्तिलाई मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था रहेको बताएका हुन् ।

उनका अनुसार यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्नेछ । यसअघि देखिएको सेवामा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ ।  यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ । आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद कदम हो ।’ उनले लेखेका छन् ।

आईटी क्षेत्रको दक्ष जनशक्ति विदेशी रोजगारतर्फ आकर्षित हुँदै आएको अवस्थामा सरकारले यस्तो व्यवस्था गर्नु सुखद कदम भएको ओलीको भनाइ छ । 

ADV

सम्बन्धित खबर

Advertise