२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते ०९:२४
पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो

काठमाडौँ  : धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।

बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७: ५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

प्रहरीका अनुसार सवारी साधनहरूलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise