२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

नुवाकोटमा अस्पताल निर्माणका लागि राधिका दासीले भागवत कथा वाचन गर्ने 

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते ०८:५८
नुवाकोटमा अस्पताल निर्माणका लागि राधिका दासीले भागवत कथा वाचन गर्ने 

नुवाकोट : नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

स्थानीय भिमेश्वर सामुदायिक संस्थाको आयोजनामा हुने यस महायज्ञमा चर्चित भागवत कथा वाचिका श्री राधिका दासीले कथा वाचन गर्ने कार्यक्रम तय भएको छ । उनले कात्तिक १९ गतेदेखि २५ गतेसम्म कथा प्रस्तुत गर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् । 

संस्थाका अध्यक्ष दामोदर नेपालले महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणलाई सहयोग पुर्‍याउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए । उनका अनुसार भदौ १५ गते मूल आयोजक समिति गठनका लागि विशेष भेला समेत बोलाइएको छ ।

त्रिदेशीय मार्गका रुपमा परिचित गल्छी–देविघाट सडकखण्डमा पर्ने यस क्षेत्रको अस्पताल निर्माण भएपछि नुवाकोटसँगै धादिङ, रसुवाका विभिन्न भेगका नागरिकले पनि स्वास्थ्य सेवा पाउन सहज हुने अध्यक्ष नेपालले उल्लेख गरे ।

आयोजक संस्थाले सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सहयोगी मन भएका नेपालीलाई अस्पताल निर्माणमा सहयोग पुर्‍याउने गरी महायज्ञमा सहभागी हुन आग्रह गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise