काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
समिति सभापतिमा एकल उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् । निवर्तमान सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
रिक्त सभापतिका लागि नेपाली कांग्रेसले न्यौपानेलाई अघि सारेको थियो । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपानले सभमुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालिसकेकी छन् ।