काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए । उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरे ।
साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको उनले दाबी गरे । नेपालमा नदी प्रवाहित आयोजनाहरु बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।
उपमहासचिव पुनले उत्पादित विद्युत बिक्रीका लागि बजारको समस्या नरहेको बताए ।