२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी आज पनि आन्दोलित

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते १५:३८
काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी आज पनि आन्दोलित

काठमाडौं : कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरूले बुधबार पनि विरोध जनाएका हुन् ।

भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाउँदै  मेयर शाहविरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्‍याली गरेका छन् ।

महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरूको आरोप छ । उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरूले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise