२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

हैजा नियन्त्रण गर्न गौर अस्पतालको मेडिकल टोली वीरगन्जमा

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ९ गते १६:००
Shares
हैजा नियन्त्रण गर्न गौर अस्पतालको मेडिकल टोली वीरगन्जमा

वीरगन्ज : हैजा नियन्त्रण गर्न वीरगन्जमा स्वास्थ्यकर्मीको एक टोलि खटिएको छ । हैजा फैलिएसँगै गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको टोलिले त्यहाँकाे नारायणी अस्पतालमा हैजाकाे उपचार सुचारु गरेको हो ।

ncell

प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अनावर हासमिले फैलिएको हैजा नियन्त्रणको काममा नारायणी अस्पताललाई सहयोग गर्ने उदेश्यका साथ चिकित्सकसहितको टोलि पठाइएको बताए ।

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी र १०३ जना झाडापखालाजन्य लक्षण देखिएका बिरामी उपचाररत छन्। 

ताजा खबर

सम्बन्धित खबर