२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

नेपाली जनसम्पर्क समिति मलेसियाको मासिक बैठकमा सदस्यता नवीकरण अभियानबारे छलफल

shivam cement
तिलोचन गौतम
२०८२ भदौ ९ गते ११:४२
नेपाली जनसम्पर्क समिति मलेसियाको मासिक बैठकमा सदस्यता नवीकरण अभियानबारे छलफल

क्वालालम्पुर : नेपाली जनसम्पर्क समिति मलेसियाले आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलको सभाहलमा मासिक तथा विशेष बैठक सम्पन्न गरेको छ । बैठक समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा भएको हो ।

बैठकमा आगामी अधिवेशनको तयारी, रुपन्देही क्षेत्र नम्बर ३ को निर्वाचन लक्षित योजना, संगठनको आन्तरिक व्यवस्थापन, सदस्यता नवीकरण अभियान तथा मलेसियामा जनसम्पर्क समितिले चाल्नुपर्ने कदमबारे विस्तृत छलफल गरिएको महामन्त्री हरि कोइरालाले जानकारी दिए ।

सभापति पंगेनीले बैठकलाई सम्बोधन गर्दै जनसम्पर्क समिति केवल एउटा संगठन मात्र नभई नेपाली कांग्रेसको वैचारिक बहस गर्ने थलो भएको उल्लेख गरे । उनले लोकतान्त्रिक मूल्य र फरक विचारलाई स्थान दिने समितिलाई अझ सशक्त बनाउन आग्रह गरे ।

बैठकमा उपसभापति, महासचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो । सो अवसरमा नेपाली कांग्रेसको विचारधारा अंगिकार गर्ने पाँच नयाँ सदस्यलाई सदस्यता प्रदान गर्दै राजनैतिक यात्राको शुभकामना दिइएको थियो ।

यस्तै बैठकले आगामी दिनमा विचार–विमर्श कार्यक्रम, कार्यकर्ता अभिमुखीकरण, नेपालीसँग प्रत्यक्ष संवाद र सञ्चार प्रवाहलाई थप व्यवस्थित गर्ने कार्ययोजना पनि पारित गरेको प्रवक्ता सरोज दाहालले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise