२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

फतुवाबिजयपुरमा विद्यार्थीलाई झोला वितरण

कृष्ण तिवारी
२०८१ असार ३० गते २०:४४
फतुवाबिजयपुरमा विद्यार्थीलाई झोला वितरण

रौतहट : रौतहट फतुवाबिजयपुर नगरपालिकाले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । पालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताइन् । विद्यार्थीलाई विद्यालयप्रति अकर्षित गर्दै बीचमै कक्षा छाड्ने विद्यार्थीको संख्यामा कमी ल्याउने उद्देश्यका साथ पालिकाले झोला वितरण गरेको नगर प्रमुख खातुनले बताइन् ।

पालिकाभित्र रहेका माँ सरस्वती प्राथमिक विद्यालय बिजयपुर, श्री प्राथमिक विद्यालय हर्षाहा, श्री प्राथमिक विद्यालय डुमरिया, श्री प्राथमिक विद्यालय रामदासी, आधारभूत विद्यालय सन्तपुर दोस्तीया, जनता प्रा.वि फतुवा, हिमाली मावि हिमालिवास, श्री प्राथमिक विद्यालय राङी, श्री प्राथमिक विद्यालय बुनियाद, शहीद प्रा.वि भैसही लगायत विद्यालयका १ हजार भन्दा बढी विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

पालिकाको जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा झोला वितरण गरिएको हो । झोला वितरण कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनमा थप प्रेरणा मिल्ने भन्दै शैक्षिक गुणस्तरका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका  रहने कार्यवाहक नगर प्रमुख  खातुनले बताइन् ।

आर्थिक वर्ष २०८०/०८१ को शैक्षिक गतिविधि कार्यक्रम अनुसार अहिले झोला वितरण लगायतका कार्यक्रम गरिएको र अबका वर्षहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण गर्ने खालका कार्यक्रमहरु गरिने का.व मेयर खातुनले जानकारी दिइन । 

माँ सरस्वती प्राथमिक विद्यालय बिजयपुरको प्रधानाध्यापक सुबोध यादवको विशेष  सक्रियता र अथक प्रयासमा उक्त झोला वितरण गरिएको हो । स–साना बालबालिकाले झोला पाएपछि खुशी भएका थिए ।

ADV

सम्बन्धित खबर