२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

अवैध चिनीसहित पिकअप गाडी नियन्त्रणमा, चालक पक्राउ

अनिल बानिया
२०८२ जेठ २५ गते २१:२९
अवैध चिनीसहित पिकअप गाडी नियन्त्रणमा, चालक पक्राउ

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ स्थित मधवलिया भित्रि सडक खण्डबाट ३५ सय केजी. अवैध चिन सहित एक पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ करिब ४ बजे चेकजाँचको क्रममा लु १ ज ३३३६ नम्बरको पिकअप गाडीबाट भन्सार छली गरी ल्याइएको चिनी बरामद गरेको हो । 

उक्त गाडी प्रतापपुर गाउँपालिका–३ नन्दपुर निवासी २८ वर्षीय जितेन्द्र कोहारले चलाइरहेका थिए । प्रहरीले पिकअप गाडीमा लुकाइछिपाई ल्याइएको ३५ सय केजी  चिनी बरामद गरेको छ, जसको बजार मूल्य करिब १ लाख ७५ हजार रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तका अनुसार गाडीसहित चालकलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ । सिमावर्ती क्षेत्रमा बढ्दो भन्सार छली तथा अवैध सामान ओसारपसार रोक्न प्रहरीले कडाइका साथ चेकजाँच तीव्र पारेको जनाएको छ ।

ADV

सम्बन्धित खबर