२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देशको विकास भएन : महतो

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ २४ गते २१:४०
कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देशको विकास भएन : महतो

दोहा कतार : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन् । नेपाल बनाउने योजना बनाए पनि साझा नेपाल बनाउने योजना नभएका कारण सफल नभएको उनको भनाइ छ ।  

मधेशी एकता समाज कतारले आयोजना गरेको ईस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद–उल–अज्हा) को शुभकामना आदान–प्रदानसहित सम्मान कार्यक्रममा उनले विभिन्न पहिचान र एउटा देशको परिकल्पनामा पृथ्वी नारायण शाहले देशको एकीकरण गरेको बताउँदै नेपाल बहुल भएपनि शासन एकल भएका कारण विकासमा नेपाल असफल भएको दाबी गरे ।

अमेरिकाको एक सम्मेलनमा सहभागी भइ नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाटका लागि कतार आएका महतोले प्रवासमा रहेका वैचारिक संघसंस्थाले मञ्चमा राजनीतिक आरोप प्रत्यारोप नगरी आफ्ना समस्या र पिडालाई मूल मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

आफ्ना विचार राख्नुपूर्व कतारमा रहेका वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधिले विभिन्न आरोप प्रत्यारोप गरेको सुनेर बसेका महतोले उनीहरूलाई लक्षित गर्दै नेपालको संसदमा झगडा गरेझैँ कतारमा सार्वजनिक कार्यक्रममा किन राजनीतिक झगडा गरेको भनि प्रश्न गरे ।

उनले प्रत्येक नेपालीले मेरो देश नभनेसम्म देश विकास नहुने बताउँदै अरू राजनीतिक दललाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति गलत रहेको धारणा राखे । उनले  देशलाई माया गर्नु नै राष्ट्रवाद रहेको स्पष्ट पारे । 

हल भन्दा बाहिर नेपाल बिग्रियो किन बनेन् भनेर चिन्तन गर्ने तर माइकमा राजनीतिक आरोप प्रत्यारोप गर्ने गरेको आफूले पाएको बताउँदै उनले राजनीतिक कतारमा रहेका वैचारिक आस्थावानहरुलाई राजनीति हैन श्रमिकका र पिडाका एजेण्डा बोक्न सुझाव दिए । 

करिब एक घण्टा सम्बोधन गरेका महतोले देशको अद्योगति हुनुमा राजनीतिक दल नै प्रमुख दोषी रहेको बताए । 
प्रकृतिले वरदानमा दिएका प्राकृतिक श्रोतको उपयोग गर्न नसकेको बताउँदै नेपालसँग ८३ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता भए पनि नेपालले भारतसँग बिजुली लिइरहेको बताए । उनले नेपालमा अहिले लोडसेडिङ सुरु भइसकेको जिकिर समेत गरे ।

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, संघसंस्थाहरूका प्रमुख तथा प्रतिनिधिसहित अन्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मधेशीहरुलाइ पहाडियाले अझै पनि नेपाली हो भनेर स्वीकार्न नसकिरहेको जिकिर गर्दै तराइको दाइजो प्रथालाई न्यूनीकरणका लागि पहल गर्नुपर्ने भनाइ राखेका थिए । 

राजनीतिक शक्तिका रूपमा मधेशबाट राष्ट्रपतिदेखि नेपाल सरकारका मन्त्रीसम्म बने पनि मधेशको शिक्षा र विकासका ध्यान कम दिएको बताउँदै कूर्चीका लागि मात्र मन्त्री बन्ने गरेको धारणा राखेका थिए । 

मधेश केन्द्रित नेताहरू एकै मधेशका मुद्दामा एकै खेमामा उभिन आवश्यक रहेको वक्ताहरूले बताएका थिए । 

कार्यक्रममा मधेशी एकता समाजका संस्थापक अध्यक्ष रवीन्द्र कुमार यादवले समेत सम्बोधन गरेका थिए । समाजका अध्यक्ष शिव कुमार महतोको सभाध्यक्षमा सम्पन्न कार्यक्रमलाई महासचिव चन्द्र्बिर यादवले सहजीकरण गरेका थिए । सम्मान कार्यक्रममार्फत महतोलाई आयोजकसहित मधेस प्रदेश समन्वय परिषद् कतारले दोसल्ला ओढाएर सम्मान गरेको थिए । 
 

ADV

सम्बन्धित खबर

Advertise