२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

श्रीराम श्रेष्ठको ‘खनियाबास विद्रोह’ लोकार्पण

मध्यान्ह
२०८२ जेठ २१ गते १७:०७
श्रीराम श्रेष्ठको ‘खनियाबास विद्रोह’ लोकार्पण

 काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरेका छन् ।

बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालीन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा भएको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो ।

‘खनियाबास विद्रोह’ श्रेष्ठको २८औं प्रकाशित कृति हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा संग्रह, जीवनी संग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिवसमेत हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर