काठमाडौं : यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले दुई दिनदेखि गरेको देशव्यापी आन्दोलनको कार्यक्रम मंगलबार बेलुका फिर्ता लिएका हुन् ।
संघ सरकारको आग्रहमुताबिक गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गरेको छ । यससँगै अब देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् ।