काठमाडौं : काठमाडौंका तीन स्थान सिफल, कोटेश्वर र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक शान्ति, सुरक्षा र सेवा प्रवाहमा अवरोध हुन सक्ने भन्दै दुई महिनाका लागि सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार, २०८१ साल जेठ १९ गतेदेखि लागू हुने गरी उक्त क्षेत्रहरूमा कुनै पनि प्रकारका जुलुस, धर्ना, प्रदर्शन तथा सभा आयोजना गर्न नपाइने बताएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा आधारित आदेशले जनसमूहको सहभागिता हुने क्रियाकलापले सार्वजनिक सेवा प्रवाह र शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो ।