२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको घोषणा

मध्यान्ह
२०८२ जेठ १८ गते १७:४७
भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको घोषणा

काठमाडौं : गण्डकी प्रदेशमा राइड सेयरिङलाई वैधता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले भोलि सोमबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । उनीहरूले गाडी ग्यारेजमा राखेर सेवा पूर्णरूपमा बन्द गर्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकारले निजी गाडीलाई राइड सेयरिङका नाममा यात्रु ओसारपसारमा प्रयोग गर्न दिने नियमावली ल्याएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका हुन् ।

यसविरुद्ध सातवटा यातायात संगठनहरू- सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सेवा बन्दको घोषणा गरेका छन् ।

व्यवसायीहरूका अनुसार गण्डकी सरकारले संविधान र सवारी तथा यातायात ऐन विपरित निजी गाडीलाई सार्वजनिक यातायातजस्तै व्यवहार गरिरहेको छ । संघीय र प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै पहल नभएको भन्दै उनीहरूले अन्ततः गाडी थन्काउने निर्णय गरेका हुन् ।

सेवा ठप्प हुँदा यात्रुहरूलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारकै हुने व्यवसायीहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर