२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

प्रधानमन्त्रीद्वारा मधेशका ३२० किलोमिटर सडक शिलान्यास

मध्यान्ह
२०८२ जेठ १८ गते १५:५१
प्रधानमन्त्रीद्वारा मधेशका ३२० किलोमिटर सडक शिलान्यास

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।

मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले आइतबार शिलान्यास गरेका हुन् ।

जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो ।

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १९८ किलोमिटर सडक निर्माण गर्न लागेको मन्त्री सरोजकुमार यादवले जानकारी दिए । अगामी वर्षको बजेटमा एक सडक एक पुलको योजना पनि प्रदेश सरकारले ल्याउने उनले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पनि मन्त्री यादवले जानकारी दिए ।

ADV

सम्बन्धित खबर