२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

सामाजिक शास्त्र सङ्गोष्ठीले निराशा चिर्दै आशा र सम्भावनालाई जगाउन सक्नुपर्छ : मन्त्री पाण्डे

shivam cement
मध्यान्ह
२०८२ जेठ १७ गते ०८:०४
सामाजिक शास्त्र सङ्गोष्ठीले निराशा चिर्दै आशा र सम्भावनालाई जगाउन सक्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निराशालाई चिर्दै आशा र सम्भावनालाई जगाउनु आवश्यक रहेको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागले आयोजना गरेको सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

पानसमा बत्ती बालेर ‘नेपाली समाजका विविधता’ विषयक दुईदिने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको अनुसन्धान क्षेत्रमा पर्याप्त लगानी नभएको तर्फ संकेत गरे। उनले सङ्गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रहरूले केवल समस्या मात्र होइन, आशाको सञ्चार पनि गर्नुपर्ने बताए।

उनले भने, "यदि अनुसन्धानले गलत निष्कर्ष निकाल्यो भने समाज नै दुर्घटनामा पर्न सक्छ। त्यसैले समाज अध्ययनले सम्भावनालाई पनि उजागर गर्नुपर्छ।"

उनले चाँडै सरकारले सांस्कृतिक नीति ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै समाजका विविध विषयको गहिरो अध्ययन आवश्यक रहेको र त्यही सोचले कार्यक्रमको आयोजना गरिएको बताए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तले सङ्गोष्ठीको सफलताको शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रमका मुख्य वक्ता डा. सुरेश ढकाल रहेका थिए। सङ्गोष्ठीको सभाध्यक्ष तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले समाजका विविध पक्षहरूलाई केलाउने १३ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिइन्। उनले सङ्गोष्ठीले सकारात्मक सम्भावनाको प्रवाह गर्ने अपेक्षा गर्दै उद्घाटन सत्रको समापन गरिन्।

कार्यक्रमको सञ्चालन प्रज्ञा–प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गरिन्। त्यसपछि सौन्दर्यशास्त्री ईश्वरचन्द्र ज्ञवालीले ‘समाजवाद र संस्कृतिको विश्लेषण’, प्रा.डा. श्रीधर गौतमले ‘वैज्ञानिक समाजवाद र संस्कृति’, प्रा.डा. शम्भुप्रसाद खतिवडाले ‘सामाजिक शास्त्र अध्ययनका नयाँ आयामहरू’, डा. उत्तम खनालले ‘समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’ र डा. टिकाराम पोखरेलले ‘सीमान्तकृत समुदायका सवाल र मानव अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गरे। फोकल पर्सनका रूपमा प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जाली, प्रा.डा. विनोद पोखरेल, प्रा.डा. सुरेन्द्र केसी, डा. केशव सिलवाल र केशव नेपाल रहेका थिए। कार्यपत्र सत्रको अध्यक्षता डा. हेमराज ढकालले गरेका थिए।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise