२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

लहानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ओभरपास बन्दै

मध्यान्ह
२०८२ जेठ १६ गते १६:२३
लहानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ओभरपास बन्दै

सिरहा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा ‘ओभरपास’ निर्माण भइरहेको छ ।

‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले आगामी डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

हालसम्म ‘ओभरपास’ निर्माणका लागि २६ मध्ये १४ पायल (पाइल) जमिनको सतहमा राख्ने काम सकिएको कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) तर्फका प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाले बताए ।

‘निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरणसहित बिहानदेखि रातिसम्मै काम भइरहेको छ’, उनले भने, ‘ओभरपासको कुल लम्बाइ ५५० मिटर हुने छभने यसको ‘ग्राउन्ड क्लियरेन्स’ छ मिटर हुनेछ । अन्तरराष्ट्रिय मापदण्डअनुसार यस ‘ओभरपास’ उचाइ छ मिटरको हुनेछ ।’

मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु गरिएको छ भने यो सडकखण्डअन्तर्गत लहानमा ५ वटा ‘अन्डरपास’ निर्माणसम्पन्न भएको छ । तर, विवादका कारण गोलबजारमा निर्माण गरिनुपर्ने २ वटा ‘अन्डरपास’ निर्माण अझै सुरु हुन नसकेको इन्जिनियर कोइरालाको भनाइ छ ।

निर्माण कम्पनीले सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर सडक मध्यपश्चिम खण्ड (सिरहा) तर्फ बलान नदीदेखि कमलासम्म ४७ किलोमिटर सडके साढे ६२ प्रतिशत निर्माण प्रगति पूरा भएको र पूर्व खण्ड कञ्चनपुरदेखि कुशहवा (सप्तरी)तर्फ ३९ किलोमिटर सडकमध्ये ५७ प्रतिशत निर्माण प्रगति पूरा भएको जनाएको छ । आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ  छ ।

सन् २०२० अक्टोबर २९ देखि ३ वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने गरी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको थियो । तर, थपिएको समयमा पनि निर्माणसम्पन्न नभएपछि अन्तिम पटकलाई भन्दै पुनः २०२५ डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ । 
 

ADV

सम्बन्धित खबर