काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
सरकारले हिजो संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको छ । उक्त बजेटबारे थप स्पष्टता र स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना गरिएको हो ।