जनकपुरधाम : महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्वतर्फ आउदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई रोकी चेकजाँच गर्दा भित्र गाँजा फेला परेको हो ।
स्कारपियो भित्र प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा ३० पोका फेला परेको थियो । त्यसको तौल १५७.९ किलो ग्राम रहेको डिएसपी भट्टले बताए ।लागूऔषध गाँजा, स्कारपियो गाडीसहित पक्राउ दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।