२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

आजको मौसम: देशका पहाडी भू-भागमा वर्षाको सम्भावना 

मध्यान्ह
२०८२ जेठ १३ गते ०७:५५
आजको मौसम: देशका पहाडी भू-भागमा वर्षाको सम्भावना 

काठमाडौँ : देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

मधेसलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 

ADV

सम्बन्धित खबर