२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

लागु औषधसहित ४ जना पक्राउ

मध्यान्ह
२०८२ जेठ ११ गते ११:३१
लागु औषधसहित ४ जना पक्राउ

काठमाडौँ : महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भएका विजय आले मगर रहेका छन् ।

उनीहरूलाई प्रहरी कार्यालय वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथमा १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर