२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

‘म आएदेखि गलत भएको रहेछ भने राजनीतिमा देखा पर्दिनँ’ 

मध्यान्ह
२०८२ जेठ १० गते १७:१४
‘म आएदेखि गलत भएको रहेछ भने राजनीतिमा देखा पर्दिनँ’ 

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताएका छन् । 

उनले शनिबार धनुषामा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आफूविरूद्ध उठेका विषयहरूमा आँत्तिनुपर्ने कारण नरहेको बताएका हुन् ।

गलत काम गरेको दिन आफू राजनीतिमा देखा नपर्नेसमेत उनले बताए । उनले भने ‘यसमा साथीहरू आँत्तिनुपर्ने कुनै कारण छैन । जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ।’

भिजिट भिसामा प्रकरणमा आफ्नो नाम जोडिएकाले गृह मन्त्रालयले आजै विज्ञप्तिमार्फत त्यसबारे प्रस्ट्याउनेसमेत उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर