२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

मध्यान्ह
२०८२ जेठ १० गते १४:५४
सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठकको आह्वान गरेका छन ।

भोलिदेखि हुने प्रदेश सभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि सम्पन्न बैठकमा सरकारको भावी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा  सुझाव दिएका थिए । 

ADV

सम्बन्धित खबर